नियम ६६घ१
निकासी वा पैठारी विशेष सङ्केत नम्बर प्रदान गर्न सकिनेः
(१) विभाग वा विभागले तोकेको भन्सार कार्यालयले देहाय बमोजिमको मालवस्तुको निकासी वा पैठारी गर्ने प्रयोजनको लागि देहायका निकायलाई निकासी वा पैठारी विशेष सङ्केत नम्बर प्रदान गर्न सक्नेछः-
(क) सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी आयोजना, कूटनीतिक नियोग वा गैरसरकारी संघ संस्थाले गैरव्यापारिक प्रयोजनको लागि गर्ने निकासी वा पैठारी,
(ख) नौद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम दर्ता भएका लघु, घरेलु तथा साना उद्योगले आफ्नो उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, यन्त्र उपकरण र सोको पार्टपूर्जाको पैठारी,
(ग) खण्ड (ख) मा उल्लेख भएका बाहेक अन्य उद्योगले त्यस्तो उद्योग स्थापना गर्न आवश्यक पर्ने यन्त्र, उपकरण वा सोको पार्टपूर्जा एक पटकको लागि गर्ने पैठारी, विभागले तोकेका अन्य निकासी वा पैठारी।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपहार वा राहतको लागि पटके रुपमा मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिलाई विभाग वा विभागले तोकेको सम्बन्धित भन्सार कार्यालयले निकासी वा पैठारी विशेष सङ्केत नम्बर प्रदान गर्न सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम निकासी वा पैठारी विशेष सङ्केत नम्बर प्रदान गर्न बैर जमानत आवश्यक पर्ने छैन ।
(४) उपनियम (१) को खण्ड (ग) बमोजिम प्रदान गरिएको निकासी वा पैठारी विशेष सङ्केत नम्बर त्यस्तो मालवस्तु पैठारी भएपछि स्वतः खारेज हुनेछ ।